PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

क्रिकेटरको स्टाटसमा फिल्म 'झ्यानाकुटी'को तारिफ



पहिलोपोस्ट

क्रिकेटरको स्टाटसमा फिल्म 'झ्यानाकुटी'को तारिफ

काठमाडौं: क्रिकेटर शरद भेषवारसँग वैवाहिक सम्बन्ध गाँसेकी निशा अधिकारी निर्मित फिल्म हेर्न शरदसँगै नेपाली क्रिकेट टिमका केही  सदस्य हलसम्म पुगे। क्रिकेटर सन्दीप लामिछाने, सागर पुन, छुम्बी लामा, सुरज शाक्य र शरद भेषवाकरले फिल्म हेरेका हुन्।

फिल्म हेरेपछि खेलाडीहरुले फेसबुकमार्फत 'झ्यानाकुटी'को तारिफ गर्दै स्टाटस लेखेका छन्।









फिल्म बारे निशाका पति शरद भेषवाकरले भने,'सानो कारणले श्रीमान श्रीमतीबीच कसरी दरार पैदा गर्न सक्छ देखाइएको रहेछ। मलाई विषय उठान र प्रस्तुति मन पर्योा।'

निशाले फिल्मलाई सिमोश सुनुवारसँग मिलेर निर्माण गरेकी हुन्। जसमा सिमोशको नै निर्देशन रहेको छ। सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान, बालकलाकार एस्टल गुरुङ, पुष्कर गुरुङ लगायतको अभिनय रहेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। फिल्म प्रदर्शनको तेस्रो सातामा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell