PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

जापानी सम्राटले सन् २०१९ मा गद्दी त्याग्ने



पहिलोपोस्ट

जापानी सम्राटले सन् २०१९ मा गद्दी त्याग्ने

टोकियो : जापानी सम्राट अकिहितोले सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने घोषणा गरेका छन्।

जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार घोषणा गर्दै जापानी सम्राटले स्वेच्छाले गद्दी त्याग्ने निर्णय गरेको बताएका छन्।

जापानी प्रधानमन्त्री आबेले जापानको राजपरिषद विशेष बैठकमा यस्तो निर्णय गरेको जानकारी दिए।

जापानी सम्राट अकिहितो हाल ८३ वर्षका छन्। उनले राजगद्दी त्याग गरेपछि उनका ५७ वर्षका छोरा युवराज नारुहितो राजगद्दीमा बस्ने छन्।

प्रधानमन्त्री आबेले हालका राजाले गद्दी त्याग गर्ने र युवराजले गद्दी आरोहण गर्ने कार्यक्रमलाई जापानमा विशेष समारोहमा मनाइने बताए। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell