PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

पाकिस्तानको छात्रावासमा आक्रमण, नौ जनाको मृत्यु



पहिलोपोस्ट

पाकिस्तानको छात्रावासमा आक्रमण, नौ जनाको मृत्यु
फोटो : एएफपी

इस्लामाबाद : पाकिस्तानको दक्षिणपश्चिमी सहर पेशावरमा विद्यालयको छात्रावासमा आतङ्ककारी आक्रमण भएको छ।


आक्रमणमा विद्यार्थीसहित नौ जना मारिएका छन् भने ३५ जना घाइते भएका छन्। पेशावरमा रहेको एग्रीकल्चर युनिभर्सिटीको छात्रावासमा अज्ञात व्यक्तिले बन्दुक हमला गरेका थिए।
 

आक्रमणमा मारिएकालाई पेशावरस्थित हयाताबाट मेडिकल कम्प्लेस र सैवेर टिचिङ्ग हस्पिटलमा ल्याइएको छ। आक्रमणको पाकिस्तानी आतङ्ककारी समूह, तेहरिकइ तालिवानले जिम्मेवारी लिएको छ। रासस/सिन्हवा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell