काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी महेश क्षेत्री नेपालगन्ज स्पोर्ट्स हनरबाट सम्मानित भएका छन्। क्रिएटिभ ह्याण्ड्सले शुक्रबार क्रिकेट खेलाडी महेशलाई सुजुकी स्कुटर र सम्मानपत्र प्रदान गरेको हो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले महेशलाई स्कुटरको साँचो हस्तानतरण गरे।
यसअघि क्रिएटिभ ह्याण्ड्सले नेपालको पहिलो महिला कप्तान नेरी थापालाई सम्मान गरेको थियो।
सन् २००२ मा यू-१५ बाट खेल्दै नेपालको लागि डेब्यु गरेका महेशले यू-१९ खेल्नुअघि नै २००५ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। त्यसको एक वर्षपछि मात्र उनले यू-१९ टिमका लागि पहिलो पटक खेलेका थिए।
पछिल्लो पटक इन्जुरीका कारण महेशले राष्ट्रिय टिममा नियमित स्थान बनाउन सकेका छैनन्।
क्रिएटिभ ह्याण्ड्सले खेलाडी सम्मानबाहेक, पिएम कप महिला भलिबल, नेपालगन्ज लिट्रेचर फेस्टिभल. नेपालगन्ज म्याराथन लगायत क्रिएटिभ काम गर्दै आएको छ।
सम्मानपछि नेपाल आर्मीबाट घरेलु क्रिकेट खेल्दै आएका महेशले खेल जिवनकै ठूलो सम्मान भएको बताए। 'मेरो खेल जीवनकै यो सबैभन्दा ठूलो सम्मान हो।' नेपालगन्जमै जन्मेका महेशले भने। 'यसले मलाई अझै राम्रो खेल्न मोटिभेट गर्नेछ।'
'मैले खेल जीवनमा धेरै मेहनत गरेको छ। एउटा स्पोर्ट्स पर्सन हुनु सजिलो छैन। तर यो सम्मानले मलाई मेहनत गर्न सघाउन पुग्नेछ।'