काठमाडौं: 'सुपर प्लस साईज मोडल नेपाल २०१७' आयोजना हुने भएको छ l उक्त सौन्दर्य प्रतियोगिताको लागि यहि आउँदो पुस १ गते अडिसन हुने जानकारी आयोजक मोडल सङस नेपालले जानकारी दियो।
प्रतियोगिताको पहिलो अडिसन रोस्यो क्याफे नयाँ बानेश्वरमा हुँदैछ। आयोजकका अनुसार प्रतियोगितामा अविवाहित तथा विवाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन्l 'सौन्दर्य प्रतियोगिताले अभिवाहित र पातलो शारिरीक बनाओट भएकालाई मात्र स्पेस दिदै आएको पाइन्छ। यस्तोमा हाम्रो उदेश्य शारिरीक रुपमा मोटा र विवाहित महिलालाई पनि मञ्च दिनु हो',आयोजक संस्थाले प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन्l
प्रतियोगितामा भाग लिनको लागि १६ देखि ३० वर्ष उमेर समुहका कम्तिमा ४ फिट ८ इन्च र तौल ५५ केजीभन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछl उक्त प्रतियोगिताको विजेताले नगद २५,००० पुरस्कार प्रदान गरिनेछ।