काठमाडौं: फिल्म 'राज्जा रानी'को ट्रेलर रिलिज भएको छ। शुक्रबार फिल्म युनिटले युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा सामाजिक विषय र प्रेमकथा उठान गरिएको प्रष्ट हुन्छ। जसमा मुख्य कलाकारहरुको फिचरिङ रहेको छ।
फिल्ममा केकी अधिकारी, नाजिर हुसेनसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री लगायत कलाकारको मुख्य भूमिका छ। फिल्मले पश्चिम तराईस्थित जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ।
लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यको समेत अभिनय रहेको फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।
फिल्म 'राज्जा रानी' आउँदो पुस २१ गते देशभर नेपाली र मैथिली भाषामा प्रदर्शनमा आउँछ।