PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

पारस र ज्ञानेन्द्र नखेलेको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित



पहिलोपोस्ट

पारस र ज्ञानेन्द्र नखेलेको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित
फोटो : रमन शिवाकोटी

काठमाडौं : वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप खेल्न युएईमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको छ।

नेपालले दिएको ९० रनको सामान्य लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपाली टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायकेको टिम विरुद्व नेपालको ब्याटिङ निकै फितलो रह्यो।

युएईको अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभरसमेत खेल्न सकेन र ३६.१ ओभरमा ८९ रनमा अलआउट भयो। नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक २१ रन जोडे भने ओपनर दीलिप नाथले १६, दीपेन्द्र सिंह ऐरीले १२ तथा कुशल भुर्तेलले १० रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

पहिलो पटक राष्ट्रिय टिमका लागि खेलेका यू-१९ टिमका अनिल कुमार शाह खाता नखोली आउट भए।

नियमित कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको अनुपस्थितीमा शरद भेषावकरले नेपालको कप्तानी गरेका थिए।

नेपाललाई अलआउट गर्न अमेरिकाका जपेन पटेलले सर्वाधिक ४ विकेट लिए। यस्तै रोए शिल्भा र नोस्थुस केन्जिगेले २-२ विकेट लिए।

अमेरिकाको लागि ओपनर साएद अब्दुल्लाहले सर्वाधिक ४४ रन बनाए भने खरोए शिल्भाले नटआउट २५ रनको योगदान गरे।

नेपालको लागि सोमपाल काकी र सागर पुनले समान २ विकेट लिए।

युएईसँग डिसेम्वर ६ र ८ मा खेल्नु अघि नेपालले पर्सी आइतबार केन्यासँग अन्तिम अभ्यास खेल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell