काठमाडौं : निर्वाचन आयोगले कतिपय राजनीतिक दल र उम्मेदवारहरुबाट शहीदहरुलाई प्रयोग गरी मत माग्ने काम भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
विशेषगरी प्रदेश नम्बर दुईका जिल्लामा विभिन्न समयमा भएका आन्दोलनका ध्वनि, दृष्य तथा शहीदका तस्विरलाई आचारसंहितविपरीत समामाजिक सञ्जालमा राखेको र त्यसबाट शहीदहरुको सम्मानमा आघात पुगेको भन्दै आयोगले तत्काल हटाउन निर्देशन दिएको हो।
आयोगले पत्रकार सम्मेलन गरी त्यस्ता सामग्री हटाउने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। आयोगले त्यस्ता सामग्री हटाउन अटेर गरे कारबाही गर्न पनि निर्देशन दिएको छ।
पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन विरोधी गतिविधिमा संलग्न ४८८ जनालाई पक्राउ गरी प्रचलित ऐन अनुरुप कारबाही अघि बढाइएको जानकारी दिएका छन्।