PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

पेप्सी ओपन गल्फ शनिबार



पहिलोपोस्ट

पेप्सी ओपन गल्फ शनिबार
फोटो : एनएसजेएफ

काठमाडौं : पेप्सी ओपन गल्फ टुर्नामेन्टको दोस्रो संस्करण भोली सोमबार हुने भएको छ। एमेच्योरहरु सहभागि हुने एक दिने प्रतियोगितामा करिब ९० गल्फरले भाग लिने गोकर्ण गल्फका निर्देशक दीपक आचार्यले जानकारी दिए।

बरुण बिभरेज नेपाल प्रालीको प्रायोजनमा हुने प्रतियोगिता गोकर्ण गल्फ कोर्समा हुनेछ। १८ होलमा खेलाइने प्रतियोगिता स्टेबल ३/४ ह्याण्डिक्याप फर्म्याटमा हुनेछ।

दीपक आचार्यले पेप्सीसँग सहकार्य सहकार्य गरेर एमेच्योर गल्फ अगाडी बढाउन सहयोग पुगेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा प्रोफेसनल गल्फ गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

यस्तै बरुण बिभरेज नेपालका मार्केटिङ डेभलपमेन्ट म्यानेजर सुशील रत्न तुलाधरले आगामी दिनमा पनि गोकर्ण क्लबसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिक्रिया दिए।

प्रतियोगिताको विजेता, उपविजेता, यू-१९ जुनियर विजेता, महिला विजेता, सिनियर ६० वर्षमाथिक विजेता, क्लोजेट टू पिन, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डीज, बेस्ट ग्रोसको विजेतालाई ट्रफी प्रदान गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell