सिन्धुली : काठमाडौंबाट उदयपुर गइरहेको बा ३ ख ८४६७ नम्बरको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–११ बुका दोभानमा आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–६ का ६५ वर्षीय राजेन्द्रप्रसाद भट्टराई छन् । घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।
दुर्घटनामा परेको सोही माइक्रोबसले बर्दिबासबाट काठमाडौँतर्फ आइरहेको स २ प ५९४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुर कटारीका ४५ वर्षीय कर्णबहादुर तामाङसमेत घाइते भएका छन्। रासस