
विश्व खेलकुदकै सबैभन्दा चर्चित खेल मेला फिफा विश्वकप फुटबलको २१औँ संस्करणको ड्र सार्वजनिक भएको छ। सन् २०१८ जुन-जुलाईमा रुसमा हुने विश्वकप फुटबलका लागि शुक्रबार मस्कोस्थित क्रेमलिन प्यालेसमा एक समारोहबीच ड्र गरिएको हो।
सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर सार्वजनिक गरिएको ड्र अनुसार पोर्चुगल र स्पेन एउटै समूहमा परेका छन्। यस्तै बेल्जियम र इंगल्याण्ड पनि एकै समूहमा परेका छन्।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा एउटै समूहमा परेका अर्जेन्टिना र नाइजेरिया तथा कोलोम्विया र जापान यस पटक पनि एउटै समूहमा परेका छन्।
दुई वटा समूहमा चार फरक महादेशका टोली परेका छन्। जसअन्तर्गत समूह ए मा रुस, उरुग्वे, इजिप्ट, साउदी अरेबिया छन् भने समूह एच मा पोल्याण्ड, कोलोम्विया, सेनेगल, जापान छन्।
ड्र समारोहमा फिफा अध्यक्ष जेरेमी इन्फान्टिन्हो, रसियन राष्ट्रपति भ्लादमिर पुटिन, विश्व फुटबलका हस्तीहरु पेले, म्याराडोना, रोनाल्डो, रोनाल्डिन्हो लगायतको उपस्थिति थियो।
विश्वकप जुन १४ देखि जुलाई ३१ सम्म रुसको विभिन्न ११ शहरको १२ वटा स्टेडियममा हुनेछ।
उद्घाटन खेल जुन १४ मा आयोजक रुस र साउदी अरेबियाबीच खेल हुनेछ।
समूह ए : रुस, उरुग्वे, इजिप्ट, साउदी अरेबिया
समूह बी : पोर्चुगल, स्पेन, इरान, मोरोक्को
समूह सी : फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया
समूह डी : अर्जेन्टिना, क्रोएसिया, आइसल्याण्ड, नाइजेरिया
समूह ई : ब्राजिल, स्वीट्जरल्याण्ड, कोस्टारिका, सर्बिया
समूह एफ : जर्मनी, मेक्सिको, स्वीडेन, दक्षिण कोरिया
समूह जी : बेल्जियम, इंगल्याण्ड, ट्युनिसिया, पानामा
समूह एच : पोल्याण्ड, कोलोम्विया, सेनेगल, जापान