PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सिरी ए : पूर्व क्बल नेपोली विरुद्ध हिग्वेनको निर्णायक गोल, दोस्रो स्थानमा उक्लियो युभेन्ट्स



पहिलोपोस्ट

सिरी ए : पूर्व क्बल नेपोली विरुद्ध हिग्वेनको निर्णायक गोल, दोस्रो स्थानमा उक्लियो युभेन्ट्स

गोन्जालो हिग्वेनले पूर्व क्लब विरुद्व निर्णायक गोल गरेपछि इटालिनय सिरी ए मा युभेन्ट्सले लिग लिडर नेपोलीलाई १-० ले पराजित गरेको छ।

नेपोलीको मैदानमा युभेन्ट्सलाई जिताउन हिग्वेनले १३औँ मिनेटमा पाउलो डिबलाको पास सदुपयोग गर्दै गोल गरेका थिए। हारपछि नेपोलीको यस सिजन अपराजित यात्रामा पूर्णविराम समेत लागेको छ।

जितपछि युभेन्ट्स दोस्रो स्थानमा उक्लेको छ भने नेपोलीसँग अंकदूरी १ मा झारेको छ। हारपछि पनि १५ खेलबाट ३८ अंक जोडेको नेपोली शीर्ष स्थानमा आसिन छ। समान खेलबाट युभेन्ट्सले ३७ अंक जोडेको छ। १४ खेलबाट ३६ अंक रहेको इन्टर मिलान तेस्रो स्थानमा छ।

सिरी ए कै अर्को खेलमा दश खेलाडीको एसपिएएल २०१३ लाई रोमाले ३-१ ले पराजित गरेको छ। एडेन जेको, केभिन स्ट्रुटमन  र लरेन्जो पलेग्रीनीले एक एक गोल गरे। एसपीएएलका लागि फेडेरिको भिभिएनीले एक गोल फर्काए। खेलको नवौँ मिनेटै फिलिपेले रातो कार्ड पाएपछि एसपिएएल दश खेलाडीमा झरेको थियो।

जितपछि १४ खेलबाट ३४ अंक जोडेको रोमा चौथव स्थानमा यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell