PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बारामा एक दम्पतीको हत्या



पहिलोपोस्ट

बारामा एक दम्पतीको हत्या

बारा :  बाराको जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा एक दम्पतीको हत्या गरिएको छ। 

सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको हो। आज बिहान प्रहरीले सुवेदी दम्पत्तिको शव फेला पारेको हो। 

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार दीपकको शव फार्म नजिकैको खेतमा तथा दीपिकाको शव मार्फभित्र फेला परेको हो।

घटनास्थलमा हतौडा, छड र बाँसको चिरपट फेला परेको छ। गएराति नै सुवेदी दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell