PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रचण्डसँग हात मिलाउँदै माधव नेपालले भने,‘हामी दुई नेता मात्र होइनौं, आन्दोलनका प्रतीक पनि हौं ’



पहिलोपोस्ट

प्रचण्डसँग हात मिलाउँदै माधव नेपालले भने,‘हामी दुई नेता मात्र होइनौं, आन्दोलनका प्रतीक पनि हौं ’

काठमाडौं :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग हात मिलाउँदै दुबै भएर पार्टीलाई एक बनाउनुपर्ने जिम्मेवारी रहेको बताएका छन्।

शनिबार पेप्सीकोलामा घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारसमेत रहेका नेपालले भने,‘हामी दुई नेता मात्र होइनौं, दुर्इ आन्दोलनका प्रतीक पनि हौं। त्यसो हुनाले हामीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेछ। दुईवटै पार्टीलाई चुनावपछि मिलाउनु छ।’

उनले वाम गठबन्धन मिलेर चुनावमा चुनाव जानु जनताको सुख र देशको गौरवको लागि भएको बताए।नेपालले जनताको समृद्धिका लागि वाम गठबन्धनको जित आवश्यक रहेको बताए।

कार्यक्रममा नेपालले प्रचण्ड देशलाई निर्णायक मोड दिन सक्ने नेता भएको दाबी गरे। भने‘नेपाली राजनीतिलाई निर्णायक मोड दिनसक्ने नेता उहाँ हुनुहुन्छ।’

प्रचण्डको आग्रहमा दुबै नेता एक ठाउँमा उभिएको उल्लेख गर्दै नेपालले भने,‘मलाई पनि सँगसँगै उभिने मन छ भन्नुभएको थियो। तर थलीमा भ्याउनुभएन, साँखुमा पनि त्यस्तै भयो, कोटेश्वर पनि भ्याउनुभएन, बल्ल आज पेप्सीकोला साथ जुर्‍यो।’

पार्टी अध्यक्ष केपी ओलीसँग तीनैजना नेता सँगै हुने चाहना भएपनि चुनावी व्यस्तताले सम्भव नभएको नेपालले स्पष्ट पारे। 

नेपालले प्रचण्डको जित सुनिश्चित भइसकेको र आफ्नो जितका लागि काठमाडौंमा आइपुगेको बताए। उनले भने,‘चितवनमा ३ मा उहाँको विजय सुनिश्चित भइसकेको छ। मेरो जित सुनिश्चित गराउन यहाँ पनि आउनुभएको छ। उहाँलाई धेरैधेरै धन्यवाद।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell