
काठमाडौं : सुशी श्रेष्ठको नयाँ लुक्ससहित फिल्म ‘लभ डायरिज’ को घोषणा भएको छ। सौरभ चौधरीले निर्देशन गर्ने फिल्मका लागि सुशील श्रेष्ठसँगै, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकार फाइनल भएका छन्।
होस्टल रिटर्न्स, कारखाना मा अभिनय गरिसकेका सुशील यस फिल्ममा नयाँ अवतारमा देखिने छन्। निर्माण टिमले सुशीलको न्यु लूक्स समेत सार्वजनिक गरेको हो। सम्पादक साहिल खानले यो सिनेमामा ‘एसोसियट डाइरेक्टर’को भूमिका निर्वाह गर्नेछन्। साथै, फिल्ममा साहिल र मिलन श्रेष्ठको सम्पादन समेत रहनेछ।
‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने लभस्टोरी सिनेमामा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सहनिर्माण रहनेछ।
निर्वाचन सकिएलगतै छायांकनमा जाने फिल्ममा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ।
प्रेसमिट गरेर फिल्मको घोषणा गर्ने शैलीलाई पन्छाउँदै ‘लभ डायरिज’ले भने पहिलो पटक भिडियोद्वारा फिल्म निर्माणको घोषणा गरेको छ।