
काठमाडौँ : महानगरीय प्रहरी बिट रानीबारीले १४ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले शुक्रबार राति रेडन पुलनजिक चेकजाँचका क्रममा बा६४प ५१८९ नम्बरको मोटरसाइकलमा सवार धादिङका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो। दुबै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।
वृत्तका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले स्रोत नखुलेको हुण्डीको हुन सक्ने ठूलो परिणाममा रकम फेला पारिएको बताए। उनका अनुसार के प्रयोजनका लागि रकम ओसारपसार भइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको छ।रासस