PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

‘बटरफ्लाई’ ट्रेलर रिलिज



पहिलोपोस्ट

‘बटरफ्लाई’ ट्रेलर रिलिज

काठमाडौं : पुस २८ गते प्रदर्शन मिति तय भएको फिल्म ‘बटरफ्लाई’ को ट्रेलर रिलिज भएको छ। युट्युवमार्फ रिलिज गरिएको ट्रेलरमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीको प्रेमभाव झल्केको देखिन्छ। ट्रेलरमा प्रेम, रोमान्स र रोदन हाबी छ।

एक्सन लभस्टोरी जनरामा बनेको फिल्म आर्यनको दोश्रो प्रोजेक्ट हो। आर्यन र प्रियंका फिचरिङ भएको म गाउँदिन अब गीत बोलको गीत यसअघि नै हिट लिस्टमा परिसकेको छ।

ओम प्रतिक गुरुङको कथा तथा निर्देशिनमा तयार भएको फिल्ममा प्रियंका र आर्यनसँगै अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, सुरविर पन्डित, मोहन निरौला लिड रोलमा छन्। 

अर्जुन पोखरेल, विकास चौधरी र दिपक शर्माले संगीत भरेको यस फिल्ममा एक्सन कुमार महर्जन, कोरियोग्राफी कविराज गहतराज तथा छायांकन सुरेश बज्राचार्यले गरेका हुन्।

फिल्मलाई पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीले निर्माण गरेका हुन् भने रमेश प्रजापती कार्यकारी निर्माता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell