PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कपिलवस्तुमा मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट



पहिलोपोस्ट

कपिलवस्तुमा मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट

कपिलवस्तु :  कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का प्रतिनिधिसभा १ प्रदेशसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ। बम प्रहारबाट घरका जस्तापातामा प्वाल परेको छ। 

बाणगंगा नगरपालिका–१० कोरिया चोकमा अज्ञात समूहले दुई पटक बम विस्फोट गराएको स्थानीयले बताएका छन्। घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प्वाल परेको उम्मेदवारका दाजु शिवगुलाम कलवारले जानकारी दिए। 

राति करिब १ बजेको समयमा तीन चार जनाको समूहमा आएको समूहले घर तोडफोड गर्न थालेपछि आफूहरुले रोक्न खोज्दा बम प्रहार गरेको कलवारले बताए। 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारले उम्मेदवारको घरमा तर्साउनका लागि बम विस्फोट गराएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको बताए। उम्मेदवार कलवारलाई संघीय समाजवादी फोरम नेपालले प्रदेशसभामा सघाएको छ। 

शुक्रबार दिउँसो पनि शिवराज नगरपालिका–९ भगवानपुरमा नयाँ शक्ति नेपाल पार्टीका प्रतिनिधिसभा ३ का उम्मेदवारलाई लक्षित गरी रिमोट बम प्रहार भएको थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell