PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

शिव परियारको नयाँ गीत ‘आँशुको अर्थ…' सार्वजनिक



पहिलोपोस्ट

शिव परियारको नयाँ गीत ‘आँशुको अर्थ…' सार्वजनिक

काठमाडौं : गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको छ। सयौँ हिट गीत दिएर दर्शक तथा स्रोतको मन बस्न सफल गायक शिव परियारको आवाज रहेको मार्मिक गीत ‘आँशुको अर्थ…’ बोलको गीतको अडियो युट्युबबाट रिलिज गरिएको छ।

चर्चित गायक तथा संगीतकार टंक बुढाथोकिको संगीत तथा रबि अधिकारीको शब्द रहेको छ।

शिव परियारको ‘आँशुको अर्थ’ बोलको यस गीतको कभर गीत गाउनेलाई गायक तथा संगीतकार टंक बुढाथोकिको स्टुडियो ९ मा निशुल्क रेकडको समेत व्यवस्था गरिएको छ। साथै यस गीतको कभर भिडियो निर्माण गरेर पठाउन समेत आग्रह गरिएको छ। कभर भिडियो [email protected] मा पठाउन सकिनेछ।

उत्कृष्ट अभिनय गर्नेलाई गीतको ओरिजिनल भिडियोमा अभिनय तथा निर्देशनको मौका दिनुको साथै नगद पुरुस्कार समेत पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell