गौशाला : दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा २३२ मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ।
कुल २५८ मतदानस्थलमध्ये २३२ वटा संवेदनशील र त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अतिसंवेदनशील रहेका जिल्ला प्रशासन कार्यालयले महोत्तरी जनाएको छ।
चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा तीन लाख सात हजार ६०२ जना मतदाता छन्। रासस