भीमदत्तनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन्।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा प्रधानमन्त्रीले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद भनेर मतदातासँग प्रश्न गरे।
आसन्न निर्वाचनमा मतदान गर्नुअघि लोकतन्त्र रोज्ने की अधिनायकवाद रोज्ने निक्यौल गर्न मतदातासँग आग्रह गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती र पञ्चेश्वर परियोजनाको निर्माण कार्य चाँडै अघि बढ्ने विश्वास व्यक्त गरे।
‘कांग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्यदेखि संविधान निर्माणसम्मका एतिहासिक काम भएका छन्’ उनले भने,‘संविधान कार्यान्वयनका लागि पनि आसन्न निर्वाचनमा कांग्रेसले जित्नु आवश्यक छ।’रासस