PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

राजनीतिक संकट समाधानका लागि भेटेजुयलामा सरकार र विपक्षी दलबीच वार्ता



पहिलोपोस्ट

राजनीतिक संकट समाधानका लागि भेटेजुयलामा सरकार र विपक्षी दलबीच वार्ता
फोटो श्रोतः reuters.com

काराकास :  भेनेजुयलाको सरकार र विपक्षी दलका प्रतिनिधिबीच राजनीतिक संकट समाधानका बारेमा वार्ता भएको छ। डोमेनिकन रिपब्लिकमा वार्ता सुरु भएको अधिकारीहरुले जनाएका छन्। 

सरकारकातर्फबाट प्रतिनिधित्व गरेका भेनेजुयलाका सञ्चारमन्त्री जोर्गे रोड्रिग्युजले यसअघि सहमति भएका विषयमा छलफल भइरहेको जानकारी दिए। 

उनले भेनेजुयलाको निर्वाचन प्रणाली विश्वकै सर्वाधिक विश्वसनीय र पारदर्शी प्रणाली मध्येमै पर्ने बताए। वार्तामा विपक्षीकातर्फबाट सहभागी प्रतिनिधिमध्येका प्रमुख जुलिओ बोर्गेसले आफू भेनेजुयलाका नागरिकको आधारभूत अधिकारका लागि लडिरहेको बताए। 

उनले अधिकार नपाउदासम्म आफूहरुको संघर्ष जारी रहने अठोट पनि गरेका छन्। भेनेजुयलाको विपक्षी पार्टीले राष्ट्रपति निकोलस माडुरोको प्रशासनले मुलुकलाई आर्थिक संकटमा फसाएको र नागरिकलाई अधिकार नदिएको भन्दै आन्दोलन गरिरहेको छ। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell