
काठमाडौं : दोस्रो पेप्सी ओपन गल्फ टुर्नामेन्टको उपाधि पृथ्वी मल्लले जितेका छन्। शनिबार गोकर्ण गल्फ कोर्समा भएको एक दिने एमेच्योर प्रतियोगितामा कूल ३७ अंक स्कोर गर्लै मल्ल च्याम्पियन बने। विजय बहादुर श्रेष्ठ उपविजेता बने।
पृथ्वी र विजय दुवैले ३७ अंक स्कोर गरेपनि काउन्ट ब्याक सिस्टममा पृथ्वी विजेता भएका हुन्।
महिलातर्फको उपाधि रेखा घिमिरेले जितिन्। घिमिरले ३४ अंक स्कोर गरिन्।
गोपाल चित्रकारले सिनियर पुरुषतर्फको उपाधि जत्दा सद्भव आचार्य जुनियरमा विजेता बने। दुवैले ३४ अंक स्कोर गरे।
यसैगरी टासी छिरिङले बेस्ट ग्रोस र मोस्ट बर्डिजको उपाधि जिते भने फुन्सोक लामाले लङ्गेस्ट ड्राइभ र पविरा कुमार कार्सीले क्लोजेट टू दी पिनको उपाधि जिते।
विजयीहरुले ट्रफी, गल्फ सामाग्री र गिफ्टह्याम्पर प्राप्त गरे। गोकर्ण गल्फ क्लबको आयोजना तथा बरुण बिभरेजको प्रायोजनामा भएको प्रतियोगितामा ८७ गल्फरले भाग लिएका थिए।