PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बैंकिङ कसुरको अभियोगमा कृषि विकास बैंककी कर्मचारीसहित तीन पक्राउ



पहिलोपोस्ट

बैंकिङ कसुरको अभियोगमा कृषि विकास बैंककी कर्मचारीसहित तीन पक्राउ

काठमाडौ :  प्रहरीले बैंकिङ कसुरको अभियोगमा तीन जनलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले कृषि विकास बैंकमा कार्यरत ३२ वर्षीया दीपिका रेग्मीसहित तीन जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा तेह्रथुमका ४२ वर्षीय प्रकाश घतानी र ४२ वर्षीय दोलखा भिमेश्वरका प्रकाश घतानी थापा छन्।प्रहरीले उनीहरुलाई उच्च अदालत पाटनबाट ठगी अभियोगमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ।

कसरी भयो बैकिङ ठगी ?
कृषि विकास बैंक न्यूरोड शाखामा थिइन् दीपिका रेग्मी।  पोस्ट थियो सहायक टेलर। शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाइन्। बैंकको रकम एक आपसमा मिलेमतो गरी बैंकको मौज्दात रकम करिव र चार करोड एकानव्बे लाख रुपैयाँ हिनामिना गरेको  अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell