PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

गृह मन्त्रालयले सुरक्षा कडा पारेको बताएकै दिन उपेन्द्र यादव लक्षित गरेर बम



पहिलोपोस्ट

गृह मन्त्रालयले सुरक्षा कडा पारेको बताएकै दिन उपेन्द्र यादव लक्षित गरेर बम

काठमाडौं : गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर सुरक्षा व्यवस्था कडा पारिएको जनाएकै दिन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि बम प्रहार भएको छ।

जनकपुरमा मधेशी गठबन्धनको सभालाई सम्बोधन गरेर फर्किँदै गरेका यादवमाथि बम प्रहार भएको हो। नगराइन र हनुमान नगरबीचमा उनको गाडीलाई लक्षित गरी बम प्रहार भएको थियो। उनको गाडी पास भइसकेपछि विस्फोट भएकाले कुनै क्षति भने भएन। विस्फोट हुँदा उनको गाडी करिब ५ मिटर अगाडि बढिसकेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell