PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

मोटरसाइकलको साइलेन्सरमा ४ करोड ७४ लाखको सुन सहित एक पक्राउ



सविन ढकाल

मोटरसाइकलको साइलेन्सरमा ४ करोड ७४ लाखको सुन सहित एक पक्राउ

काठमाडौं : महानगरीय प्रहरीको बालाजु वृत्तले १० किलो सुनसहित फूलमानसिंह तामाङलाई पक्रेको छ। तिब्बतबाट रसुवा हुँदै काठमाडौं तस्करी भइरहेको सुन प्रहरीले नियन्त्रणमा लिएको हो।

मोटरसाइकलको साइलेन्सरमा लुकाएर ल्याइएको ठूलो परिणामको सुन प्रहरीले जफत गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आजको सुनको मूल्य प्रति दश ग्राम ४७ हजार ४ सय ९५ रुपैयाँ छ। यसआधारमा पक्राउ परेको सुनको मूल्य ४ करोड ७४ लाख रुपैयाँ ९५ हजार रुपैयाँ हुन आउँछ। 

महानगरीय प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले सुनसहित एकजना पक्राउ गरेको जानकारी दिए। 'सुन १० किलोभन्दा बढी नै छ,' उनले पहिलोपोस्टसँग भने, 'बालाजुबाट पक्रेको हो, थप अनुसन्धान हुँदैछ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell