PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

ला लिगा : मेसी र सुवारेजले गोल गर्दा पनि बार्सिलोनाले जित्न सकेन, सिजनको तेस्रो बराबरी



पहिलोपोस्ट

ला लिगा : मेसी र सुवारेजले गोल गर्दा पनि बार्सिलोनाले जित्न सकेन, सिजनको तेस्रो बराबरी

लिग लिडर बार्सिलोना स्पानिस ला लिगामा शनिबार सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएकव छ। यस सिजन अपराजित रहेको बार्सिलोनाको यो तेस्रो बराबरी हो।

घरेलु मैदान नोउक्याम्पमा लियोनल मेसी र लुइस सुवारेजले गोल गरेपनि बार्सिलोनालाई ३ अंक दिलाउन पर्याप्त रहेन।

खेलको २०औँ मिनेटमा इगो असपासले गोल गर्दै भ्रमणकारी टोली सेल्टालाई अग्रता दिलाएका थिए। तर त्यसको दुई मिनेटपछि नै मेसीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

६२औँ मिनेटमा सुवारजेले गोल गरेपछि बार्सिलोनाले २-१ को अगुरता बनाएको थियो। तर ८०औँ मिनेटमा म्याक्सिमिलियानो गोमेजले बराबरी गोल फर्काए।

बराबरीपछि बार्सिलोनाले दवस्रो स्थानको भ्यालेन्सियामाथि अंक दुरी बढाउने मौका गुमाएको छ। १४ खेलबाट ३६ अंक जोडेको बार्सा शीर्ष स्थानमा आसिन छ भने १३ खेलबाट ३१ अंक रहेको भ्यालेन्सिया दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell