PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडले आर्सनललाई हरायो, पोग्वालाई रातो कार्ड



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडले आर्सनललाई हरायो, पोग्वालाई रातो कार्ड

पउल पोग्वाले रातो कार्ड पाएपनि जेस लिनगार्डले दुई गोल गरेको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई ३-१ ले पराजित गरेको छ।

लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा एन्टोनियो भ्यालेन्सिया र जेस लिनगार्डले शुरुवातमा गोल गर्दै युनाइटेडलाई १० मिनेटभित्र २-० को अग्रता दिलाएका थिए।

पहिलो हाफमा २ गोलले पछि परेको घरेलु टोली आर्सनलले दोस्रो हाफमा १ गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको थियो। ४९औँ मिनेटमा एलेकजान्डर लाजकाटेले गोल गर्दै आर्सनलका लागि आशा जगाए। तर लिनगार्डले ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले गोल अन्तर बढायो।

७४औँ मिनेटमा पउल पोग्वाले सिधै रातो कार्ड खाएपछि युनाइटेड दश खेलाडी झरेको थियो। तर त्यसको फाइदा आर्सनलले उठाउन सकेन र युनाइटेड ३-१ नै विजयी भयो।

जितपछि १५ खेलबाट ३५ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत छ भने शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी ५ मा झारेको छ। एक खेल कम खेलेको सिटी ४० अंकका साथ शीर्ष स्थानमा छ। सिटीले आज घरेलु मैदानमा वेष्टहमसँग खेल्दैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell