PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

मतदान गरेलगत्तै जाजरकोट झरे अपर डोल्पाली



रासस

जाजरकोट : चिसो बढेसँगै मतदान गर्न बसेका माथिल्लो डोल्पाका बासिन्दा अहिले जाजरकोटका विभिन्न गाउँमा पुगेका छन्। 
 
जाजरकोटमा चिसो कम हुने भएकाले चिसो छल्न घोडा, भेडा र खच्चडसहितका  डोल्पाली  जाजरकोटका गाउँमा पुगेको सहरताराका गैरी थकालीले बताए। 

माथिल्लो डोल्पामा हिमपात शुरु भएर बस्न नसकिने अवस्था भएकाले  सहरतारा, गुम्वातारा, तेन्जे, माजफाल, सेलगायतका दर्जन गाउँबाट जाजरकोटका खगेनकोट, तल्लु, मैदे, रिम्ना, राडीलगायतका ठाउँमा आएर बसेको सेका पामे लामाले बताए।  
  
मंसिरदेखि फागुनसम्म जाजरकोटका गाउँमा बस्दा डोल्पाबाट ल्याएका जिम्बु तथा अन्य औषधिजन्य सामग्री  बिक्री गर्ने र डोल्पा फर्कदा आवश्यक खाद्यान्न लिएर उनले  जानकारी दिए।
रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell