PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सप्तरीका दुई सय सात मतदानस्थल अतिसंवेदनशील



पहिलोपोस्ट

सप्तरीका दुई सय सात मतदानस्थल अतिसंवेदनशील

राजविराज : भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ। 

निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। तीन हजारभन्दा बढी म्यादी प्रहरीसमेत परिचालन गरिएको छ। जिल्लामा निर्वाचनका लागि २९५ मतदानस्थल र ४७८ वटा मतदान केन्द्र कायम गरिएको छ। 

जिल्लामा प्रतिनिधिसभातर्फ चारवटा तथा प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्रमा १५२ जना उम्मेदवार चुनावी मैदानमा छन्। सप्तरी क्षेत्र नम्बर १ मा ९४ हजार ९२०, क्षेत्र नं २ मा ७९ हजार ६६३, क्षेत्र नं ३ मा ८५ हजार ४८९ र क्षेत्र नं ४ मा ८६ हजार ५४२ मतदाता छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell