
प्यालेष्टाइन : प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ) को कार्यकारी समितिका सदस्य हनान आश्रावीले तेल अभिवमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने भनी आएको अमेरिकी भनाईप्रति विरोध जनाएका छन्।
सूचना तथा सस्ंकृति विभागका प्रमुखसमेत रहेकी आश्रावीले भनिन्,‘अमेरिकाले राजदूतावासलाई जेरुसेलम सार्ने कदमले समग्र यस क्षेत्रमा अस्थिरता निम्त्याउने, शान्ति प्रक्रियालाई खल्बलाउने, यस क्षेत्रमा अमेरिकी भूमिकालाई अयोग्य सावित गर्ने तथा अतिवादको नयाँ लहर सिर्जना गर्नेछ।’
उनले अमेरिकी कदमलाई गैरजिम्मेवार र खतरनाक भनेकी छन्। उनले भनिन्,‘मलाई विश्वास छ यस्तो कदम कसैले पनि लिने छैन। यो कदम अत्यन्तै गैरजिम्मेवार तथा खतरनाक सावित हुनेछ,’ उनले भनिन्,‘राजदूतावास सार्ने कदम एकदम खतरनाक हुनेछ र धार्मिक विषयका रूपमा उदाउने छ।’
शुक्रबार प्यालेष्टिनी राष्ट्रपति मोहमद अब्बासका प्रवक्ता नबिल अबु रुदैनाहले अमेरिकाद्वारा जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिइनु वा तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसेलम सार्ने कुरा शान्ति प्रक्रियाको भविष्य तथा यस क्षेत्रमा अस्थिरता निम्त्याउने उत्तिकै खतरनाक बिषय बन्ने बताएका थिए।
अवु रुदैनाहले इजरायल तथा प्यालेष्टिनी द्वन्द्वको न्यायपूर्ण समाधान भनेको पूर्वी जेरुसेलमलाई स्वतन्त्र प्यालेष्टाइनको राजधानी बनाउनुपर्नेमा जोड दिए।
सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने विषयलाई आगामी बुधवार घोषणा गर्ने तयारी रहेको बताएका छन्। रासस/सिन्ह्वा