PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

बेइजिङको वायु प्रदुषण गतवर्षको तुलनामा २७ प्रतिशतले कमी 



पहिलोपोस्ट

बेइजिङको वायु प्रदुषण गतवर्षको तुलनामा २७ प्रतिशतले कमी 
फोटो श्रोतः worldbank.org

चीन :  बेइजिङमा वायु प्रदुषणमा यस वर्षको शीतकालमा उल्लेखनीय रूपमा कमी आएको चीनको वातावरण मन्त्रालयले जनाएको छ। 

वातावरण संरक्षण मन्त्री ली गान्जियाले बेइजिङको वायुमा पाइने धुलोको कणको मापन २।५ तहमा आएको जानकारी दिए। यो गतवर्षको मार्चदेखि नोभेम्बरको समयको तुलनामा यस वर्षको सोही अवधिमा २७ प्रतिशत कमी हो। 

बेइजिङमा शीतकालिन महिनामा वायुप्रदुषणको मात्रामा नराम्ररी बढ्ने गर्दछ। सरकारले राजधानीलगायतका सहरमा वायु प्रदुषणको समस्या निकै सङ्कटोन्मुख दिशातर्फ जानथाले पछि यसको कारक मानिने कलकारखाना बन्द गर्ने तथा कोइलाको प्रयोगमा नियन्त्रण गर्ने लगायतका उपाय लिएको थियो। 

लीले चीनले वातावरणीय प्रदुषणमा विगत पाँच वर्षको समयमा अभूतपूर्व सफलता मिलेको बताए। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell