PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

'नेपाली म्युजिक भिडियो अवार्ड'मा दिइएन घोषणा गरिएका ३ अवार्ड



पहिलोपोस्ट

'नेपाली म्युजिक भिडियो अवार्ड'मा दिइएन घोषणा गरिएका ३ अवार्ड

काठमाडौं: शनिबार नेपाली म्युजिक भिडियो अवार्ड २०७३ सम्पन्न भयो। दुबईमा आयोजना भएको अवार्ड वितरणको कार्यक्रममा गीत, म्युजिक भिडियो र सम्बन्धित व्यक्तिहरुलाई २२ विधामा अवार्ड वितरण गरियो तर अवार्ड मनोनय घोषणा कार्यक्रममा घोषित ३ अवार्ड भने दिइएन। 

आयोजक संगिक्षा फिल्मसले १७ विधाका ५ मनोनयन सार्वजनिक गरेको दिन 'लाइफ टाइम कन्ट्रिब्यूसन सम्मान' गीतकार डाक्टर भोला रिजाललाई, ‘स्पेशल कन्ट्रिब्यूसन अवार्ड’ विशेष श्रेष्ठलाई र ‘म्यूजिक भिडियो ट्रेन्ड सेटर’ अवार्ड गीत ‘साइली’लाई प्रदान गर्ने भनेको थियो। तर कार्यक्रममा ‘स्पेशल कन्ट्रिब्यूसन अवार्ड’ र  ‘म्यूजिक भिडियो ट्रेन्ड सेटर’ प्रदान गरिएन। घोषणा गरिए अनुसार 'लाइफ टाइम कन्ट्रिब्यूसन सम्मान' गीतकार डाक्टर भोला रिजाललाई दिनु पर्नेमा फिल्म पत्रकार भरत शाक्यलाई दिइयो। उनी चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष हुन्। टिभीमा फिल्मी समाचार पहिलोपटक प्रशारण गराउने व्यक्तिका रुपमा चिनिएका शाक्य पेशाले भने इन्जिनियर हुन्।

दुबईमा रहेको नमस्ते ट्राभल्ससँगको संयुक्त प्रस्तुति रहेको अवार्डका लागि १७ विधाका ५ मनोनयन सूची रिलिज गरिए पनि थप पाँच अवार्ड वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका कलाकारलाई दिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell