PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कांग्रेस नेतृ मञ्जु खाँणमाथि दाङको भालुवाङमा आक्रमण



पहिलोपोस्ट

कांग्रेस नेतृ मञ्जु खाँणमाथि दाङको भालुवाङमा आक्रमण

बुटवलः नेपाली कांग्रेसकी नेतृ मञ्जु खाँणमाथि आक्रमण भएको छ। चुनावी अभियानका क्रममा सुदुरपश्चिम पुगेर फर्किने क्रममा खाँणमाथि शनिबार राति दाङको भलुवाङमा आक्रमण गरिएको हो। केही युवाहरुको समूहले उनी चढेको गाडीमा अन्धाधुन्ध लाठी र ढुङगा प्रहार गरेका थिए।

आक्रमणबाट खाँण घाइते भएकी छन् भने गाडीका सिसा फुटेका छन्। नेतृ खाँणको टोली दाङको लमहीमा खान खाएर बुटवलतर्फ आउँदै गर्दा केही युवाहरु पछि लागेका र जंगल क्षेत्रमा पुगेपछि आक्रमण गरेको बताईएको छ।

नेपाली कांग्रेसको जित निश्चित भएको देखेर विपक्षीहरु अत्तालिएर आफूमाथि  आक्रमणमा उत्रिएको खाँणले अाराेप लगाएकी छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell