PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

पर्सामा १० वर्षीय बालकको हत्या



पहिलोपोस्ट

पर्सामा १० वर्षीय बालकको हत्या

वीरगंज :  पर्सामा चार दिनदेखि वेपत्ता एक १० वर्षीय बालकको हत्या भएको छ। बहुदरमाई नगरपालिका वडा नम्बर दुईका सन्जय साह तेलीका १० वर्षीय छोरा सुमित कुमारको हत्या भएको हो।

पर्सा प्रहरीले सुमितको शव गएराति पर्साको बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलमा फेला पारेको हो।

हत्या गरी शव कहीँ लुकाएर राखिएको र शनिवार साँझ पोखरीको डिलमा फालिएको स्थानीय सुनिल कुशवाहाले बताए।

बालकको परिवारले वेपत्ता भएकै दिन मंसिर १३ गते बुधवार ईलाका प्रहरी कार्यालय सुगौलीमा खोजीका लागि निवेदन दिँदा पनि प्रहरीले बेवास्ता गरेको परिवारजनको आरोप छ।

सुमित सन्जयका एक्ला छोरा हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले घटना शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell