PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत पक्राउ



सविन ढकाल

गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत पक्राउ

काठमाडौं :  निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरेको हो। पक्राउमा परेका बस्नेतलाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ। 

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो। प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ। बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell