PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

रोहिङ्ग्या शरणार्थी फिर्तागर्नेबारे बङ्गलादेश र म्यानमारका अधिकारीबीच साेमबार छलफल हुने



पहिलोपोस्ट

रोहिङ्ग्या शरणार्थी फिर्तागर्नेबारे बङ्गलादेश र म्यानमारका अधिकारीबीच साेमबार छलफल हुने
फोटो श्रोतः indianexpress.com

बङ्गलादेश :  बङ्गलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बङ्गलादेश र म्यानमारका अधिकारीबीच सोमबार छलफल हुने भएको छ। 

यसअघि बङ्गलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो। 

यस विषयमा थप छलफलका लागि सोमबार बङ्गलादेश र म्यानमारका यससम्बन्धी उच्च अधिकारीहरुबीच भेटवार्ता हुने भएको जनाइएको छ। 

म्यानमारमा पछिल्ला केही महिना अघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर म्यानमारको रोहिङ्ग्या समुदायले देश छोडेर भागेका थिए। 

विशेषगरी रोहिङ्ग्याहरुको बसोबास रहेको म्यानमारको राखिन राज्यबाट करिब छ लाख २० हजार जनता भागेर बङ्गलादेश पुगेका छन्। यसरी भागेका शरणार्थीहरु हाल बङ्गलादेशको कोक्स बजार क्षेत्रमा बस्दै आएका छन्। 

म्यानमारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायलाई राखिनबाट हटाउने प्रयास भनी आलोचना पनि गर्दै आएको छ। विश्व समुदायले नै म्यानमार सरकारको यो कदमको निकै विरोध गरेको छ। 

विश्वभरबाट म्यानमारको रोहिङ्ग्या शरणार्थीलाई फिर्तागर्न माग गरिरहेको समयमा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सुकी र बङ्गलादेशका विदेश मन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा दुई हप्ताअघि भएको बैठकले रोहिङ्ग्या शरणार्थीलाई फर्काउने सहमति गरेको थियो। 

उनीहरुलाई फिर्ता गर्ने प्रयासस्वरूप दुई महिनाभित्र पहल सुरु गर्ने सहमति भएको बैठक पछि जारी गरिएको संक्षिप्त विज्ञप्तिमा जनाइएको थियो। सोही बमोजिम सोमबार पनि उच्च अधिकारीबीच बैठक बस्न लागेको हो। 

सहमति अनुसार आगामी तीन हप्ताभित्र कार्यदल बनाई काम सुरु गरिने छ। एकजना बङ्गाली अधिकारीले भने,‘शरणार्थीलाई फर्काउन गरिएको यो सुरुवाती कदम हो। म्यानमारले रोहिङ्ग्यालाई फिर्ता लाने छन्। अब हामीले काम सुरु गर्नुपर्छ।’ 

कति रोहिङ्ग्यालाई स्वदेश फर्काइँदैछ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने बिषयमा दुवै पक्षले प्रष्ट बोलेका छैनन्। तर अब बस्ने बैठकले यी विषयमा पनि निर्णय गर्ने अपेक्षा गरिएको छ। राससरसिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell