PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

भेनेजुयलामा सरकार र विपक्षी दलको वार्ता निष्कर्षविहीन, अर्को बैठक डिसेम्बर १५ मा



पहिलोपोस्ट

भेनेजुयलामा सरकार र विपक्षी दलको वार्ता निष्कर्षविहीन, अर्को बैठक डिसेम्बर १५ मा
फोटो श्रोतः Reuters

कारकास :  भेनेजुयलाको सरकार र विपक्षी राजनीतिक दलबीचको वार्ता विफल भएको छ। शुक्रबार र शनिबार विभिन्न चरणमा भएको छलफलबाट पनि सहमति नजुटेपछि बैठक विना निष्कर्ष सकिएको हो।

अहिले विषयगत रुपमा सहमती नजुटेपछि दुई पक्षीय छलफललाई भने जारी राख्ने सहमती भएको वार्तामा सहभागीहरुले बताएका छन्। 

दुबै पक्षलाई वार्ताको टेबलमा राख्न पहल गरेका डोमिनिया रिपब्लीकका राष्ट्रपति डोनिलो मेडिनाले कुनै निष्कर्ष विना बैठक सम्पन्न भएको जानकारी दिए। 

उनले अर्को बैठक डिसेम्बर १५ मा गर्ने तय भएको पनि बताए। उनले सहमती गरेर अगाडि बढ्नका लागि दुबै पक्षबाट सकारात्मक र महत्वपूर्ण प्रगती भएको पनि बताए। 

सन् १०१३ मा राष्ट्रपति निकोलस माडुरोले प्रमुख विपक्षी राजनीतिक दललाई पराजित गरेदेखि सरकार र प्रतिपक्षी पार्टीकाबीचमा भेनेजुयलामा शक्ति संघर्ष चलिरहेको छ। 

दुई पक्षबीचको संघर्षका कारण भेनेजुयलामा राजनीतिक गतिरोध उत्पन्न भएको छ भने आर्थिक संकट गहिरिंदै गएको छ। 

विपक्षीहरुले सरकार विरोधी प्रदर्शन गरिरहँदा सरकारले दवाउने प्रयास पनि गरेको थियो। तर आन्दोलनले हिंसात्मक रुप भने लिएको छैन। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell