PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

विराट कोहलीको कीर्तिमानी दोहोरो शतक



पहिलोपोस्ट

विराट कोहलीको कीर्तिमानी दोहोरो शतक

वर्ष २०१७ मा गज्जबको क्रिकेट खेलिरहेको भारतिय कप्तान विराट कोहलीले कीर्तिमान बनाउने क्रम जारी छ। प्रत्येक खेलमा कीर्तिमान तोड्दै/थप्दै अघि बढेका कोहलीले महान ब्याट्सम्यानहरुको कीर्तिमानलाई पछि पारेका छन्।

आइतबार श्रीलंका विरुद्वको तेस्रो टेष्टमा दोहोरो शतक पूरा गर्दै कोहलीले कप्तानको रुपमा सर्वाधिक ६ दोहोरो शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

कोहलील पहिलो इनिङ्समा २४३ रन बनाएका हुन्। होमटाउन फिरोज शाह कोत्ला मैदानमा उनको यो पहिलो दोहोरो शतक हो।

कप्तानको रुपमा सर्वाधिक ६ शतक प्रहार गरेर कोहलीले वेष्टइन्डिजका ब्रायन लाराको कीर्तिमान तोडेका हुन्।

यस्तै टेष्ट क्रिकेटमा लगातार दुई इनिङ्समा दोहोरो शतक प्रहार गर्नेमा कोहलीले वाली मामोन्ड (दुई पटक), सर डोनाल्ड ब्राडम्यान, भिनोद काम्बली, कुमार सांगाकार र माइकल क्लार्कसँगै आफ्नो नाम लेखाएका छन्। कोहली श्रीलंका विरुद्ध दोस्रो टेष्टमा २१३ रन प्रहार गरेका थिए।

यसैगरी टेष्टमा सर्वाधिक दोहोरो शतक प्रहार गर्नेमा कोहलीले मास्टर ब्लास्टर सचिन तेन्दुलकर र विरेन्द्र सेहवागसँग बराबरी गरेका छन्। उनीहरु भन्दा डोनाल्ड ब्राडम्यान (१२) र कुमार सांगाकार (११) ले मात्र टेष्टमा धेरै दोहोरो शतक प्रहार गरेका छन्।

कोहलीले ६ वटै दोहोरो शतक १८ महिना यता बनाएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell