PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

महोत्तरी २ मा द्वीपक्षीय र तीनमा त्रिपक्षीय प्रतिस्पर्धा, उम्मेदवारबीच प्रतिष्ठाको लडाइँ



पहिलोपोस्ट

महोत्तरी २ मा द्वीपक्षीय र तीनमा त्रिपक्षीय प्रतिस्पर्धा, उम्मेदवारबीच प्रतिष्ठाको लडाइँ

गौशाला :  महोत्तरी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

कांग्रेसबाट किरण यादव र राष्ट्रिय जनता पार्टी नेपालबाट पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी उम्मेदवार छन्। दुबैबीच प्रतिष्ठाको लडाइँ जारी छ। 

यादव संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिकतर्फ तथा संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। 

सुखदुःखमा साथ दिनुका साथै विकास निर्माण गरेका कारण आफ्नो जित सुनिश्चित रहेको यादव बताउँछिन्। राष्ट्रिय जनता पार्टी नेपालका भण्डारी विगतका निर्वाचनमा महोत्तरीको अलगअलग क्षेत्रबाट चुनाव लडेका कारण आफू सहजै विजयी हुने कांग्रेस उम्मेदवार यादवको दाबी छ। 

भण्डारी संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ६ बाट पराजित भएका थिए। तर राजपा नेपालका उम्मेदवार भण्डारी भने आफू आफ्नै क्षेत्रबाट चुनाव लडेको बताउँछन्। राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल भएकाले आफू विजयी हुने उनको दाबी छ। 

क्षेत्र नम्बर २ बाटै वाम गठबन्धनका कासिम अन्सारी उम्मेदवार छन्। यस्तै, क्षेत्र नम्बर ३ मा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र वाम गठबन्धनका विजयकुमार चौधरीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

ठाकुर मधेशलाई अधिकार सम्पन्न, विभेदबाट मुक्ति, न्यायोचित सम्मान र विकासका लागि आफू लड्दै आएका कारण विजयी हुने बताउँछन्। उनले मतदातालाई प्रदेश नम्बर २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न आग्रह गरेका छन्।

महोत्तरीका जनताले बोलाएका कारण आफू सर्लाही छाडेर आएरको ठाकुरको भनाइ छ। राजपा नेपालको समर्थनमा कांग्रेसलेसमेत उम्मेदवारी फिर्ता लिएका कारण उनी आफ्नो जितमा ढुक्क छन्। 

स्वतन्त्रबाट चुनाव जितेका पूर्व सांसद झा राजपा नेपालले आफूलाई टिकट दिने प्रलोभन देखाउँदै पार्टी प्रवेश गराएको तर टिकट नदिई आफ्नो राजनीति सखाप पार्न खोजेको आरोप लगाउँछन। विसं २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नं ४ बाट झा स्वतन्त्र उम्मेदवारका रुपमा झाले चुनाव जितेका थिए। 

वाम गठबन्धनका उम्मेदवार चौधरी यसअघिको निर्वाचनमा एमालेले नै जितेकाले यसपटक पनि आफू जित्ने बताउँछन्।रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell