PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

गौचन हत्याको कनेक्सन घैटेदेखि ठेक्का सम्म : प्रहरीले दियो ४ कारण



सविन ढकाल

गौचन हत्याको कनेक्सन घैटेदेखि ठेक्का सम्म : प्रहरीले दियो ४ कारण

काठमाडौं : नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका ४ कारण सार्वजनिक गरेको छ।
हत्याकाण्डका मुख्य अभियुक्त समिरमान सिंह बस्नेतलाई सार्वजनिक गर्ने क्रममा  आयोजित पत्रकार सम्मेलनमा प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा हत्याको कारण खुलाएको हो।

प्रहरीले दिएका चार प्रमुख कारण यस्ता छन् :

कारण नम्बर १

प्रारम्भिक अनुसन्धानको क्रममा शरद कुमार गौचनले संचालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा सेयर दिने भनी गजुरमुखि कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार श्रेष्ठ (घैटै) मार्फत् रु २ करोड ५० लाख लिएको

कारण नम्बर २

लिएको उक्त रकममध्ये समिरमान सिंह बस्नेतको भागमा १ करोड रुपैयाँ रहेको

कारण नम्बर ३

घैटेको मृत्युपछि सबै रकम बराबरको डाँफे कन्स्ट्रक्सनमा सेयर वा रकम फिर्ता दिन बस्नेतले पटक पटक माग गरेको तर फिर्ता नहुँदा विवाद भएको

कारण नम्बर ४

वीरगंजदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसन वापत २ प्रतिशत रकम माग्दा वेवास्ता गरेको 

सम्बन्धित समाचार

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell