PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

'माइ लभ'को जापानिज गीत, भिडियोमा नेपाली कलाकार



पहिलोपोस्ट

'माइ लभ'को जापानिज गीत, भिडियोमा नेपाली कलाकार

काठमाडौं: नेपाली कलाकारको फिचरिङ रहेको जापानिज गीत सार्वजनिक भएको छ। फिल्म 'माइ लभ'मा समावेश गीतमा फिल्मकै कलाकार गणेश लामा र शितल श्रेष्ठ गीतको भिडियोमा देखिएका हुन्।

गीतको भिडियोमा जापानिज नायिका युईची हायताको पनि अभिनय छ। गीतमा ताकाफुमी होसाईको संगीत र रेई सातो, शिनोबु ओशिमा, मिसाओ युईदा र युका तुका टोकुईको स्वर रहेको छ। सार्वजनिक गीतको शब्द भने निर्देशक डाक्टर तोसिआकी इतोहले लेखेका हुन्।

जापानमा छायांकन गरिएको भिडियोलाई नारायण जिसीले खिचिका हुन् भने प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्म यही मंसीर २९ गतेदेखि रिलिज हुँदैछ। नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा फिल्ममा देखाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell