
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनपछि मुलुकमा पहिलो पटक वामपन्थीहरुको बहुमतको सरकार बन्ने दाबी गरेका छन्।
काठमाडौंमा आज आयोजित साक्षततकारमा नेता नेपालले जनता वाम गठबन्धनको पक्षमा रहेकाले बहुमतको सरकार बन्ने बलियो सम्भावना रहेको बताए।
उनले कांग्रेसले वाम गठबन्धनकाविरुद्ध अफबाह काम गरेको आरोप लागाए। उनले भने, ‘वाम गठबन्धनले जिते अधिनकावाद लाद्ने, देशमा चुनाव हुन नदिने, वैदेशिक लगानी भित्रिन नदिने जस्ता गलत प्रचार गरिरहेको छ, त्यस्तो केही हुँदैन।’
नेपालले वाम गठबन्धनका कारण कांग्रेसले हारको मानसिकता बनाईसकेको बताए। उनले भने,‘कम्युनिष्टहरु एक ठाउँमा उभिँदा कांग्रेसले आँत्तिनु पर्दैन। यो अस्वभाविक होईन। समयको माग अनुसार एकै विचारधारा र एकै सिद्धान्त भएका पार्टीहरु एक ठाउँमा आउनु स्वभाविक हो।’