PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

मधेशीको अधिकारका लागि संविधान संशोधन आवश्यकः उपेन्द्र यादव



पहिलोपोस्ट

मधेशीको अधिकारका लागि संविधान संशोधन आवश्यकः उपेन्द्र यादव

राजविराज :  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्। 

सप्तरीको राजविराज– ९ स्थित मलेठमा आज कार्यकर्तासँगको भेटमा अध्यक्ष यादवले विभेद अन्त्य गर्न आर्थिक परिवर्तन मुलुकका लागि खाँचो रहेको बताए। उनले गरिबी, बेरोजगारीबाट मुक्ति पाउनका लागि निर्वाचनमा मधेशी दललाई मतदान गर्नुपर्ने बताए। 

यादवले सप्तरी जिल्ला ५०औँ वर्षदेखि पछाडि परेकाले यसलाई अगाडि बढेको आफूले देख्न चाहेको बताए। अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell