PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

१६ औँ संस्करणको आहारारा गोल्डकप माघ ९ गतेदेखि सञ्चालन हुने 



नरहरि पौड्याल

१६ औँ संस्करणको आहारारा गोल्डकप माघ ९ गतेदेखि सञ्चालन हुने 

पोखरा :  मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहारारा गोल्डकपको १६ औँ संस्करण आगामी माघ ९ गतेदेखि २० गतेसम्म पोखरामा हुने भएको छ। 

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा हुने प्रतियोगिताको तयारी तिव्ररुपमा अगाडि बढेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रतियोगितामा विदेशी, विभागीय टिमसहित ए डिभिजनका क्लबहरु, पूर्व र पश्चिम क्षेत्रबाट १÷१ टिम र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमको सहभागिता हुने क्लवले जनाएको छ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ सहारा क्लबले संचालन गर्दै आएको प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका बालकहरुको भरणपोषणमा खर्चिदै आएको छ।

प्रतियोगिताबाट एक करोड २१ लाख ८२ हजार आम्दानी र ९० लाख ५ हजार ५ सय खर्च हुने अनुमान गरिएको छ। 

हङकङ सहारा साझाबाट यसवर्ष सहारा क्लबलाई १५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । हङकङ सहाराका महासचिव विल तामाङले उक्त रकम बराबरको चेक सहारा क्लवका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका छन्। १० लाख रुपैया सहारा एकेडेमीको अक्षयकोषमा र ५ लाख क्लवललाई सहयोग हुने गरी उनले सहयोग गरेको हुन्।

सहारा क्लबद्वारा संचालित तेश्रो व्याचको एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालक छन्। उनीहरुको निःशुल्क स्वास्थ्य, शिक्षा, फुटबल प्रशिक्षणलगायतको सुविधाको मुख्य आयश्रोत नै आहारारा गोल्डकप  नै रहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell