PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

बाँदरमुढे घटनाका पीडित र माओवादीबीच तीन बुँदे सम्झौता, १० बिघा क्षेत्रफलमा पार्क निर्माण गरिने



राजेन्द्र आचार्य

बाँदरमुढे घटनाका पीडित र माओवादीबीच तीन बुँदे सम्झौता, १० बिघा क्षेत्रफलमा पार्क निर्माण गरिने

चितवन :  चितवनको माडीस्थित बाँदरमुढे घटनाका पीडित र नेकपा माओवादी केन्द्रबीच तीन बुँदे सम्झौता भएको छ।

आज माडीमा आयोजित कार्यक्रममा पीडितहरुसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
माडी नगरपालिका कार्यालयमा माओवादी अध्यक्ष प्रचण्ड र २९ जना पीडितबीचमा तीन बुँदे  सम्झौता भएको हो।

मृतकका आश्रित परिवारलाई अवस्था अनुसार काम गर्न सक्नेलाई रोजगारी, नसक्नेका लागि जीवनवृत्ति, बालबालिकाको पठनपाठनको व्यवस्था गर्ने सम्झौताको पहिलो बुँदामा उल्लेख गरिएको छ।

त्यस्तै, घाइतेको औषधि उपचारको व्यवस्था गर्ने र काम गर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृत्तिको व्यवस्था गर्ने दोस्रो बुँदामा उल्लेख गरिएको छ। 

त्यसैगरी, तेस्रो बुँदामा घटनामा ज्यान गुमाएकाको सम्झनामा कम्तीमा पनि १० बिघा क्षेत्रफलमा पार्क निर्माण गर्ने र त्यसलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने उल्लेख गरिएको छ।

सम्झौता पत्रमा माओवादी केन्द्रकातर्फवाट अध्यक्ष प्रचण्ड र पीडितकातर्फवाट विकास लामिछाने, कृष्ण तिवारी, कृष्ण आचार्य, हरि न्यूरे(सुदीप) र मंगली पुनले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि पीडितहरुलाई माओवादी अध्यक्ष प्रचण्डले सम्झौता पूर्णरुपमा पालना हुनेमा विश्वास दिलाएका थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell