PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

गगन थापालाई भोट माग्दै पशुपतिले भने–समानुपातिकमा चाहिं जम्मै भोट हलोमा



पहिलोपोस्ट

गगन थापालाई भोट माग्दै पशुपतिले भने–समानुपातिकमा चाहिं जम्मै भोट हलोमा

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले प्रत्यक्षमा रुखमा भोट माग्दै समानुपातिकमा भने हलोमा भोट हाल्न अनुरोध गरेका छन्।

आइतबार दिउँसो कपनको हेन्डबल ग्राउन्डमा आयोजित काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले आयोजना गरेको सभालाई सम्बोधन गर्दै राणाले भने, ‘ प्रतिनिधिसभातर्फ प्रत्यक्षमा गगन कुमार थापालाई, नरोत्तम वैद्य र साधुराम खड्कालाई प्रदेशसभामा रुख चिन्हमा मत हाल्नुस्, अन्य ठाउँमा सबै हलो चिन्हमा छाप लगाइदिनुस्।’ 

अध्यक्ष राणाले वाम गठबन्धन अघि बढ्यो भने मुलुक अधिनायकवादतर्फ लच्किन सक्ने उल्लेख गर्दै यो मुलुक प्रजातान्त्रिक क्षितिजमै अघि बढोस भन्ने आफ्नो इच्छा रहेको बताए। 

कार्यक्रममा राणाले बुढानिलकण्ठ, चारुमति भएको ठाउँबाट वाम गठबन्धनलाई भोट जानै नसक्ने दाबी गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell