PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

रजनिकान्तको नयाँ फिल्म '२.०'को रिलिज टार्गेट तय



पहिलोपोस्ट

रजनिकान्तको नयाँ फिल्म '२.०'को रिलिज टार्गेट तय

साउथ इन्डियन फिल्म स्टार रजनिकान्तको नयाँ फिल्म प्रदर्शन मिति तय भएको छ। फिल्म '२.०' युनिटले आउँदो अप्रिल २७ लाई रिलिज टार्गेट गरेको हो।

फिल्ममा रजनिकान्तसँगै अक्षय कुमार र यामी जियाकसनको पनि मुख्य अभिनय रहेको छ। साइन्स फिक्सन जनराको फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन्। फिल्मको कथा र पटकथा शंकर स्वयंम र बि जेयामोहनले लेखेका हुन्। २.० सिधैं थ्रीडीमा सुट गरिएको पहिलो फिल्म बतइएको छ। फिल्म सन् २०१० को तामिल फिल्म 'एन्थिरन'को सिक्वेल हो।

फिल्म तामिल र हिन्दी भाषामा एकसाथ प्रदर्शनमा आउँदै छ। फिल्म रिलिज मिति बारे फिल्म समीक्षक तरण आदर्शले ट्विट लेखेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell