PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

माछा मार्ने डुङ्गा दुर्घटना हुँदा दक्षिण कोरियामा १३ जनाको मृत्यु, दुई बेपत्ता



पहिलोपोस्ट

माछा मार्ने डुङ्गा दुर्घटना हुँदा दक्षिण कोरियामा १३ जनाको मृत्यु, दुई बेपत्ता
फोटो श्रोतः bbc.com

सोल :  दक्षिण कोरियाको पश्चिमी तटीय समुद्रमा ट्याङ्कर र माछा मार्ने डुङ्गा आइतबार विहान आपसमा ठोक्किएर भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। 

दक्षिण कोरियाली सामुद्रिक तट रक्षक सेनाले अरु दुई जना हराइरहेकाले उनीहरुको खोजी कार्य भइरहेको जनाएको छ। 

द सेन्चङ – वान नामक माछामार्ने डुङ्गामा २० जना यात्रु थिए। इन्चोएन सहर नजिकैको सामुद्रिक तटमा स्थानीय समय अनुसार विहान ६ बजेतिर दुर्घटना भएको हो। 

दुर्घटनाका बेला डुङ्गासँग ठोक्किएको ट्याङ्करमा ३३६ टन इन्धन थियो। दुर्घटनामा घाइते भएकामध्ये सातको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बेपत्ता हुनेमा डुङ्गाका प्रमुख चालक पनि रहेका तट रक्षक सेनाले जनाएको छ। सबै यात्रुले ‘लाईफ ज्याकेट’ पहिरिएको भएपनि धेरै जना चिसोले कठाङ्ग्रिएका सोलको समाचार संस्थाले जनाएको छ। 

दक्षिण कोरियामा माछामार्ने डुङ्गा बेला बेलामा दुर्घटनामा पर्ने गर्दछ। आईतबार भएको यो दुर्घटना सन् २०१५ को सेक्टेम्बर पछिको सवैभन्दा ठूलो दुर्घटना हो। 

जेजुमा भएको त्यतिबेलाको दुर्घटनामा परी १५ जनाको ज्यान गएको थियो। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell