PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

काठमाडौं २ का नयाँ शक्तिका उम्मेदवार वाम गठबन्धनमा प्रवेश



पहिलोपोस्ट

काठमाडौं २ का नयाँ शक्तिका उम्मेदवार वाम गठबन्धनमा प्रवेश

काठमाडौं :  नयाँ शक्ति पार्टी नेपालका काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशप्रसाद सिंखडाले उम्मेदवारी फिर्ता लिंँदै वाम गठबन्धनमा प्रवेश गरेका छन्। 

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले उनलाई खादा लगाउँदै गठबन्धनमा स्वागत गरेका थिए। नयाँ शक्ति नेपाल उदाउन समय लाग्ने भएकाले आफू वाम गठबन्धनमा प्रवेश गरेको उनले बताए।

सिंखडाले भने,‘विकासका लागि मुलुकले दोस्रो पुस्ता कुर्दैन। मुलुकको समृद्धिका लागि धेरै ढिला भइसक्यो। नयाँ शक्ति उदाउन समय लाग्छ। त्यसैले मुलुकको समृद्धिका लागि वाम गठबन्धनमा प्रवेश गरेको हुँ।’


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell